त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै २०१४ सालमा स्थापना भएको विभाग हो भूगोल केन्द्रिय विभाग कीर्तिपुर । यो विभागले भूगोल सम्बन्धि शिक्षा प्रदान गर्दै आएकोछ । यो विभागले हाल आधुनिक प्रविधिक शिक्षा जिआइएस, रिमोट सेन्सिङ तथा वाटर एण्ड सोएल ल्याबलाई समेत संचालनमा ल्याएको छ । हाल यो विभागको विभागीय प्रमुख प्रो. डा. पद्यम चन्द्र पौडेल हुनुहुन्छ, उहाँ यो विभागको ९औँ विभागीय प्रमुख हुन - Prof. Dr. Padmachandra Paudel

Prof. Dr. Padmachandra Paudel
यसमा हाम्रो देशका राजनीतिक अस्थिरतानै मुख्य कारण हो । जब देशमा राजनीतिक स्थिरता नभएपछि विभिन्न कारणले त्रिविले समयमा परिक्षादिन, नतिजा प्रकाशन गर्न, भनेजस्तो भौतिक सुविधादिन सकिरहेको छैन । अर्को कारण विद्यार्थीलाई त्रिविमा समयमा नै आफ्नो शैक्षिक वर्ष सकिदैन भन्ने हो । यस्तै शिक्षामा वर्तमान प्रविधिलिनको क्षेत्रमा सरकारको लगानी कमहुनु पनि एउटा कारण हो । जसले गर्दा नेपाली विद्यार्थीहरु वर्षेनी उच्च शिक्षाका लागि विदेशिने गर्छन

 त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै २०१४ सालमा स्थापना भएको विभाग हो भूगोल केन्द्रिय विभाग कीर्तिपुर । यो विभागले भूगोल सम्बन्धि शिक्षा प्रदान गर्दै आएकोछ । यो विभागले हाल आधुनिक प्रविधिक शिक्षा जिआइएस, रिमोट सेन्सिङ तथा वाटर एण्ड सोएल ल्याबलाई समेत संचालनमा ल्याएको छ । हाल यो विभागको विभागीय प्रमुख प्रो. डा. पद्यम चन्द्र पौडेल हुनुहुन्छ, उहाँ यो विभागको ९औँ विभागीय प्रमुख हुन । उहाँले आफ्नो विद्यावारिधी भारतको बनारस हिन्दू विश्वविद्यालय (१९९६)बाट पर्यटन तथा वातावरण विषयमा गर्नुभएको हो । उहाँ पोखरा विश्वविद्यालयको सर्भेस कमिटिको सचिब, नगर क्षेत्र निधारन समितिको निवर्तमान अध्यक्ष, नेपाल भौगोलिक संस्थाको महासचिव, नेपाल साइन्टिफक रिसर्च सेन्टरको उपाध्यक्ष र भूगोल सम्बन्धि प्रकाशित हुने विभिन्न पुस्तक तथा जरनलहरुको सम्पादकमा संलग्न हुनुहुन्छ । देशको उच्च शिक्षाको वर्तमान अवस्था र भूगोल विषय र यसका चुनौतिका बारेमा छोटो कुराकानी

नेपालको ठूलो र पुरानो विश्वविद्यालयको भूगोल केन्द्रिय विभागको वर्तमान शैक्षिक अवस्था कस्तो छ ?

त्रिभुवन विश्वविद्यालय मुलुककै सबभन्दा जेठो र झण्डै ९० प्रतिशत उच्च शिक्षा ओगट्ने विश्वविद्यालय हो ।  त्रिभुवन विश्वविद्यालयको सुरुवातसागै भूगोल केन्दि्रय विभागको पनि जन्म भएको हो । पहिला सुरुवातमा आइए, बिएका पाठ्यक्रम संचालन गरिन्थ्यो र त्योजाँच पनि भारतको पटनाले लिन्थ्यो पछि त्रिवि आफैले लियो त्यसको सुरुवातबाटनै भूगोल केन्दि्रय विभागको विद्यार्थीहरु र प्रोफेसरहरु देशका विभिन्न क्षेत्रमा अग्रनी स्थानमाछन् र हालपनि यसको गुणस्तर कायमैछ ।

विश्वविद्यालयले यस वर्षबाट सेमिस्टार प्रणालीको थालनी गर्यो धेरै जसो विभागमा विद्यार्थीहरुको संख्या घट्यो यस विभागमा समेत घटेको छ मुख्य कारण के होला ?

त्रिविले यो सेमिस्टार प्रणाली पूर्वतयारी विनानै लागुगर्यो ।  लागु गरेतापनि भौतिक पुर्वधार, पाठ्यक्रमको निर्माण, पुस्तकालयको अपडेट, टिचर ओरिएंटेशन जस्ता कुराहुन नसक्नु, विद्यार्थी र शिक्षकको समझैता नहुानु, भर्नामिति ढिलो हुनु जस्ता कारणले भर्नाहुने विद्यार्थीहरु अन्योलमा परे जसका कारण भर्ना कमभयो । अर्को कारण केन्द्रिय त्रिवि बाहेक अन्य क्याम्पसहरुले भने समयमै भर्ना सुरु गरेकाले पनि यहा भर्नाहुने विद्याथीहर्रु अरु क्याम्पसमा भर्नाभए जसले गर्दा सबै विभागमा यसको प्रभाव परेको हो ।

विश्वविद्यालयले लागु गरेको सेमिस्टार प्रणाली रहर हो कि आवश्यक्ता ?

यो आवश्यक्ता हो । देशमा बढ्दै गएको शैक्षिक अराजक्ता, खस्कदो शैक्षिक गुणस्तर, शैक्षिक निरासा जस्ता कुराहरु विद्यार्थीहरु, शिक्षिक, अभिभावक तथा सर्वसाधारणले महशुस गरेकै विषय हो । नियमित विद्यार्थी नहुने, समयमा परीक्षा, नतिजा नहुने दुई वर्षको कोर्ष झण्ढै तीनवर्ष लाग्ने जसले उच्च शिक्षाकै भविष्य अन्योलमा जस्तो देखियो त्यसैले समयमा परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, पढाइ हुन, समयमा कोर्ष सक्नकोलागि पनि त्रिविले जसरी पनि लागु गर्नुपर्ने थिथो तर पूर्वतयारी विनानै लागु गरियो । 

नेपालमा भूगोल विषयलाई मानवीकि संकायबाट अध्यापन गराइदै आएको छ किन होला ?

सुरुवातमा भूगोल विभाग र भूगर्व विभाग विज्ञान संकायमा नै थियो बीच आएर मानवीकि तथा सामाजिकि संकाय अन्तरगत पढाई हुन थालेको हो । विदेशमा भने भूगोल विभाग विज्ञान संकायमा नै अध्यापन गराइन्छ अहिले हामी भूगोल विषय समितिले पनि स्नातकतह विज्ञानसंकायबाट पास भएर आउने विद्यार्थीलाई एमएसिडिग्री र मानवीकिबाट आउनेलाई एमएडिग्री दिने कुराको पहल गरिरहेका छौँ । यदि त्यसो भैदियो भने एउटै विभागबाट मानवीकि र विज्ञानबीच फरक हुदैन जस्तै गणित विभागले गर्दै आएको छ ।

भूगोल विषयको माग वा यसको महत्व कम हुदै गएको छ भनिन्छ के यो सत्य हो र यसको भविष्य कस्तो देख्नु हुन्छ ?

वास्तबमा भूगोल विषयलाई हेर्ने दृष्टिकोणमा पनि भरपर्ने कुराहो । भूगोल विषय प्राविधिक विषय पनि भएकाले यसमा लागत र समय बढिलाग्ने हुनाले कम रुचि भएको होकि ? वा त्यसको बुझाइको कमिले हो अहिले यसको महत्वलाई कम बुझिएको महशुस हुन्छ तर बिस्तारै यसको महत्व बढ्दैछ । हामी जुन धर्तीमा बस्छौा त्यहि आफुलेटेक्ने धर्तीको भूगोल कस्तोछ भन्ने कुरानै जानिदैन तब त्यसमा कस्तो योजना ल्याउने, विकास कसरी गर्ने, त्यसको साधन र स्रोतहरु कतिछन्, त्यीनलाई कसरी उपभोग गर्ने साथै त्यसको निक्र्यौल र आाकलन गर्न सकिदैन । वास्तबमा भन्नेहो भने विकसीत राष्ट्रहरु जस्तै अमेरिका र जापनहरुले भूगोललाई माध्यमिक तहमा अनिवार्य विषय बनाइसके त्यसैले राजनीतिहरुले समेत भूगोल विषयको जानकारी, नक्सा अध्ययन, रिमोट सेन्सिङको प्रारम्भिक ज्ञान राख्न जरुरी भैसकेकोछ । हाम्रो देशमा १३० भन्दाबढि नगरपालिका भैसके त्यीनिहरुको योजना, भूउपयोग, त्यीनिहरुको विकासको योजना आदि कुराहरु भूगोलको अध्ययनबिना सम्भवछैन । भूगोल विषयको भविष्य नेपाल जस्तो भौगोलिक र सास्कृतिक विविधता भएको देशमा निकै फराकिलो र चम्किलोछ जस्तो लाग्छ । भूगोल अध्ययनको लागि देशनै एउटा प्रयोगशाला हो । अन्य देशहरु यस किसिमको भूस्वरुपहरुको अध्ययनका लागि धेरैखर्च गर्नुपर्ने टाढा जानु पर्नेहुन्छ तर हामीलाई त प्रकृतिले यति ठुलो वर्दान दिएकाछन् हामीले बुझ्न सक्नुपर्छ र प्रकृतिको भाषा र वर्दानलाई उपयोग गर्न जान्नुपर्छ जस्तो लाग्छ ।

यस विषयको वर्तमान चुनौती र समस्याहरु के के छन् ?

यस विषयको वर्तमान चुनौती भन्दा पनि अवसरहरुको भन्नु चाँहि सान्दर्भिक होला । भूगोल विभागमा पढाईहुने विषयहरु बढि प्रयोगात्मक छन् । आजका राजनीतिज्ञले, सर्वसाधरणले सबैले जोग्राफिक इन्फरमेसन सिस्टम, रिमोट सेन्सिङ सिस्टम जस्ता आधुनिक विषय बस्तुकाबारे जान्नु आवश्यकछ । अन्तराष्ट्रिय स्तरको ल्याबको स्थापना भएको छ यसको उयोगका लागि सिद्घान्तिक र प्रयोगात्मक दुबैलाई जोड दिदैछौा जसले भूगोल विषय अझ उपयोगिता बढ्दै जान्छ जस्तो मलाईलाग्छ ।

केहि महिनाअघि चीन सरकारको सहयोग र यस विभागको सहकार्यमा सीनो नेपाल जोइन्ट रिसर्चसेन्टरको स्थापना गरियो यो कस्तो सेन्टर हो ?

यो रिसर्च सेन्टर भौगोलिक तथा सामाजिक विविधताको अध्ययन गर्नकालागि स्थापना भएको रिसर्च सेन्टर हो । विषय वस्तुहरु पानी र माटोसाग सम्बन्धित छन् जुन चीन र नेपालका हुनसक्छन किन भने यहाका प्रमुख नदिहरु नेपालतर्फ र केहि चीनतर्फ बहनछन् जसले भूस्वरुपमा परिवर्तन ल्याउने र त्यसले सामाजिक क्षेत्रमा प्रभाब पार्ने जस्ता विभिन्न अध्ययन गर्नसकिन्छ । यो रिसर्चसेन्टरले देशकै विभिन्न पक्षमा सहयोग गर्दछ बिशेषगरी माटो र पानी विशलेषण र मानवियपक्षबीचको जोडरने एउटा कडिको रुपमा विकास हुन्छजस्तो लाग्छ मलाई ।

यो रिसर्चसेन्टर संचालनकोलागि के विभाग सक्षम छ ?

रिसर्चसेन्टरको ल्याब संचालनका लागि ३ जना विभागीय सदस्यहरुले चीनबाट तालिम लिएर आएता पनि विभिन्न कुराका कमिले यसको संचालनमा अहिलेभने सक्षम भैसकेका छैनौ । हामी सीमित स्रोत र साधनबाट संचालन हुने विभाग भएकाले ल्याबमा आवश्यक पर्ने सामाग्री, केमिकल आदि जुटाउन एकमै गाह्रो भैरहेको छ । यसको रिसर्चसेन्टरको ल्याब संचालनका लागि त्रिविका निकाय तथा चीनको विज्ञान विभाग, इन्स्ट्यिट अफ माउन्टेन हेजार्ड एण्ड एनभेरोमेन्टलाई सहयोगको आग्रह गरिएको छ । हामी अहिले भौतिक र मानवीय दुबै पक्षलाई जोड्न प्रपोजल लेखनको क्रममाछौ मलाईलाग्छ यो रिसर्चसेन्टर भोलि सक्षमरुपमा संचालन हुनेछ र त्रिविको एउटा ठूलो स्रोत हुनेछ भन्ने मलाईलाग्छ ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर नहुनमा राजनीतिक कारणलाई प्रमुख मानिन्छ तपाईको विचारमा ?

राजनीतिक नै चाहि प्रमुखकारण होइन तर राजनीतिक कारणले विद्यार्थीहरुमा हुने अनियमित्ता र राजनीतिको मनस्थितीतिर मोडिनु, राजनीतिक नारा, राजनीति पार्टीमा सहभागि हुने जस्ता कारणले जति पढाईमा आफ्नो समय र ध्यानदिनु पर्नेहो त्यो दिननस्केको होकि जस्तो लाग्छ ।

नेपालबाट हजारौँ विद्यार्थीहरु वर्सेनि उच्च शिक्षाका लागि विदेशीने गर्छन कारण के होला र नेपालको विश्वविद्यालय शिक्षालाई गुणस्तरिय बनाउन के गर्नु पर्ला ?

यसमा हाम्रो देशका राजनीतिक अस्थिरतानै मुख्य कारण हो । जब देशमा राजनीतिक स्थिरता नभएपछि विभिन्न कारणले त्रिविले समयमा परिक्षादिन, नतिजा प्रकाशन गर्न, भनेजस्तो भौतिक सुविधादिन सकिरहेको छैन । अर्को कारण विद्यार्थीलाई त्रिविमा समयमा नै आफ्नो शैक्षिक वर्ष सकिदैन भन्ने हो । यस्तै शिक्षामा वर्तमान प्रविधिलिनको क्षेत्रमा सरकारको लगानी कमहुनु पनि एउटा कारण हो । जसले गर्दा नेपाली विद्यार्थीहरु वर्षेनी उच्च शिक्षाका लागि विदेशिने गर्छन । यसरी उच्च शिक्षाका लागि विदेशजान धेरै अभिभाबकहरुले वर्षेनी बोझ उठाउन बाध्यछन् । मपनि एक अभिभाबक भएको नाताले यसको महशुस गरेकोछु । मपनि त्यो बोझबाट मेरो सेवा अवधिभर उकासिन सक्छुकि सक्दिन जस्तोलाग्छ । यदि सरकारले चासोपुर्वक उच्च शिक्षामा अझबढि प्राविधिक, अझबढि प्राविधिकमैत्री हुने किसिमले लगानी गरिदिए विदेशीने क्रममाकमि हुन्थ्यो जस्तो लाग्छ मलाई । मलाई के कुरालेपनि आश्वस्तपार्छ भने यहि त्रिविबाट बाहिर जानेहरुले राम्रो नामदाम र कमाई गरिरहनु भएकोछ त्यसैले हाम्रा विभाग, प्राध्यापकहरु अक्षम हैनन् अवसर नभएको मात्रहो । सरकारले पानीका फोकासरी उमि्रएका गैरसरकारी संघसंस्थाहरुलाई दिइने परियोजनाहरु विश्वविद्यालयलाई दिएमा विद्यार्थी र शिक्षक दुबैलाई गुणस्तरीय बनाउन मधत गर्दछ र देश पनि अनुसन्धानको क्षेत्रमा ठूलो फड्कोमार्न सक्छ भन्ने मलाईलाग्छ ।


Views : 2383 | Date : 0000-00-00

Comments so far

* No comments so far

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!