नयाँ नेपालको खोजी गरौं - Hangyug Agyat

Hangyug Agyat
उत्तर- प्रश्न हो कि सुझाव हो केही अल्मलिएर तर अहिलेलाई प्रश्नै बुझिदिएर थोरै यत्न गर्छु कुरा अरू प्रष्ट पार्नु हाम्रो मान्यताको लेखनमाथि । किमार्थ प्रथमखेप होइन सृजनशील अराजकताका बारेमा बोलेको लेखेको खेपेको यहाँतक आइपुग्दा । कुनै पनि मान्यता एकपटक मात्रै सार्वजनिक हुन्छ, त्यो उहिले वि.सं. २०५७ सालतिरै गरिएको सम्झना छ......

(हङकङका पत्रकार प्रकाश के.सी.ले घटना र विचार साप्ताहिकका लागि सृजनशील अराजक कवि हाङयुग अज्ञातलाई सन् २००६ तिर लिएको अन्तर्वाताको विस्तृत रूप समय-सान्दर्भिक हुने लागेर यहाँ प्रस्तुत गरिएको छ । सम्पादक)

प्रश्न १) सिर्जनशील अराजकता र शालीन विद्रोहका मान्यताहरूसाग, थोरै शब्दहरूमा शालीन किसिमले सार्वजनिक हुनुहोस्

 उत्तर- प्रश्न हो कि सुझाव हो केही अल्मलिएर तर अहिलेलाई प्रश्नै बुझिदिएर थोरै यत्न गर्छु कुरा अरू प्रष्ट पार्नु हाम्रो मान्यताको लेखनमाथि । किमार्थ प्रथमखेप होइन सृजनशील अराजकताका बारेमा बोलेको लेखेको खेपेको यहाँतक आइपुग्दा । कुनै पनि मान्यता एकपटक मात्रै सार्वजनिक हुन्छ, त्यो उहिले वि.सं. २०५७ सालतिरै गरिएको सम्झना छ । तिहाँदेखि उता चाहिँ मान्यतालाई थाङ्ग्रा मात्रै दिइन्छ जो गर्दै आएका छौं । अहिलेलाई यस्सै मान्दै सहअस्तित्वको हार्दिक आग्रहमा नै अबको साहित्य बन्नुपर्दछ भन्छु । भूमिगत छ शालिन विद्रोह उबेलादेखि नै , तेसलाई सार्वजनिक भएको देख्न केही पर्खौं । अगाडिका साहित्यिक लेखनहरूले हाम्रो र समयको गाढा आवाजलाई प्रतिनिधित्व गर्न नसकेको तथा चारैतिर हामीले बााचेको परिवेशमा विध्ंवसात्मक अराजकताले शिर उठाएको हुादा साहित्यमा अराजकताको तेस्तो रूपको निर्माण गर्न खोजेका हौं जो सृजनशील होस् सधैं । नमान्नु अराजकता तेसो र अघिको साहित्य लेखन सप्पै र सम्पूर्ण नमानेको हामीले तर जो हाम्रै अनुहार र स्वभावको साहित्य बनायौं, अरू बनाउँदै छौं नै थोर शब्दमा सृजनशील अराजकता बुझ्ने भाइहरूले । योभन्दा शालीन व्यक्त हुन नसकेकै हो लागिरैछ ।

प्रश्न २) इतिहासलाई सच्याउन सकिने भए, कहाँ सच्याउनु हुन्छ तपाइँहरूका मान्यताले, र वर्तमानमा भविष्यकालागि इतिहासलाई कहिलेसम्म तान्नुहुन्छ, तपाइँहरूका मान्यतामा ?

 उत्तर- इतिहास सच्याउने होइन लेख्ने कुरा गरेका हौं हामीले । हाम्रो मान्यतामा इतिहास जित्नेहरूको घोडा होइन न बहुमतले अल्पमतलाई पेलेर लेखिएको दस्तावेज नै हो । इतिहास त वंशावली पनि होइन तर सम्पूर्ण जीवनको रेखाङ्कन भन्छौं । इतिहास धरहरा बनाउन लगाउने प्रधानमन्त्रीको मात्रै होइन धरहरा उठाउने कलाकार-मजदुरहरूको पनि लेखियोस् भन्छौं । ताज महल बनाउनेहरूका हात काटिएको इतिहास पढ्दा के मान्छेको मनमा विद्रोह उठ्दैन ? यी यस्ता कुराहरूले इतिहासको अस्तित्व नै सङ्कटमा छ आज । तेस्सै र नेपाली साहित्यको इतिहासमा पनि आदिकवि, कवि शिरोमणि, महाकवि, राष्ट्रकवि आदिइत्यादि विशेषण ठोकेर राज्यले अरू थुप्रै साहित्यकारहरूको इतिहास मेटाउन खोजेको थाहा लाग्छ । राज्यले इग्नोर र हेला गरेका साहित्यकार र साहित्यका बारे अब हामी स्वयम्ले लेख्नुपर्छ भन्ने मान्यता हाम्रो हो । यसो भएको खण्डमा नेपाली साहित्यको इतिहास दुइटा हुने देख्छु म । यौटा इतिहास राज्यद्वारा आरक्षित र संरक्षितहरूको इतिहास अनि अर्को राज्यद्वारा तिरस्कृत र बहिस्कृतहरूको इतिहास । यसमा कुनै एक पक्षको समाप्ति नभई दुवै समानान्तर हिाड्न सक्छन् । जो दुवैले नेपाली साहित्यको विकासमा योगदान उत्तिकै दिएका छन् । प्रचलित इतिहासलाई तान्ने भन्दा पनि अर्को इतिहासको सम्भावना देखेका हौं । हामीले भ्याएसम्म यसमाथि कामकुरा गर्छौ, लहरै अर्को पुस्ता पनि यस मान्यतामा उभिएका छन् ।

प्रश्न ३) सिर्जनशील अराजकताको शालीन विद्रोह शिक्षा पद्घतिमा, साहित्य, भाषा तथा संस्कृतिमा वा पूर्ण सामाजिकतामा नै रहेको हो वा होइन, छोटकरीमा खुलाउनुहोस्

उत्तर- उहिलेदेखि नै मास्टरहरूले एकै थोक घोकाउँदै आएका छन् । एकै थोक घोकाउँदा चेतनाको विकासक्रम रोकिन्छ । विद्यार्थीलाई आफूले पढ्न चाहेको कवि पढ्न दिइनु पर्दछ । जस्तो कसैले कवि प्रकाश केसीका कविताहरू अध्ययन गर्न चाहेमा शिक्षा निकायले वातावण निर्माण गर्नु पर्दछ । नेपालको शिक्षा पद्घतिले कवि र कविता छान्ने अधिकार विद्यार्थीहरूलाई दिएको छैन । सायद यसकारण पनि उनीहरू हाल आन्दोलनमा सरिक भएका हुनसक्छन् । कविलेखकहरूले लोकतान्त्रिक मञ्च यसकारण पनि गठन गरेका हुनसक्छन् । साहित्यको सवालमा चाहिँ स्तूति साहित्यको सफाया गर्नुपर्नेमा जोड दिन्छौं । धेरैले साहित्यलाई चाकरीको माध्यम बनाएका छन् , यस प्रकोपको पत्तासाफ हुनुपर्छ । साहित्यलाई साहित्यको साध्य-स्थानमा राख्नुपर्दछ । भाषामा चाहिँ उदार नभई अब सुख छैन । नेपालमा विविध भाषाहरूको अस्तित्व छ र नै नेपाली भाषाको भविष्य सुन्दर छ । मैले लिम्बू भाषाबाट राष्ट्रको मानक भाषामा शब्द र बोधहरू ल्याएँ भने हाम्रो संवादले व्याप्ति पाउँछ निश्चय नै । जस्तो, मान्छेका अरू पर्यायवाचीमा मनुष्य, मानव, मानिस छन् अब लिम्बू भाषाबाट \\\\\\\'मना\\\\\\\' लिइयो भने मान्छे शब्दको आयाम बढ्यो । राष्ट्रका अन्य धेरै भाषाबाट यसरी शब्दहरू लिदाँ मान्छे, मानिस मानव मनुष्य मात्रै हुँदैन अरू धेरै थोक हुन्छ । यसको अर्को सकरात्मक पक्ष भनेको चाहिँ मातृभाषीहरूसँग भावनात्मक रूपले पनि गाँसिन पुग्छौं । यसो भएमा नेपाल र नेपालीको अखण्डता अनन्तसम्मलाई हुनेछ । भूगोलको एकताले भन्दा भावनाको एकताले नै मानिसमानिसबीचका सम्बन्धहरूलाई अरू प्रगाढ बनाउँछ । एक आपसका संस्कृति र समाजप्रति साँचो सम्मान गर्दै व्यवहारिक रूपले नै सहिष्णु भए सिङ्गो राष्ट्रको अग्रगमन हुन्छ ।

प्रश्न ४) भाषिक आधारमा पौने तीन करोडहरूबाट बर्गीकृत गरिन सकिने आँकलनमा पर्ने राष्ट्रिय मूल्यांकनमा, सिर्जनशील अराजकताको मान्यतामा कत्तिको राष्ट्रिय महत्व पर्नुपर्छ भन्ने तपाइँ सोच्नुहुन्छ ?

उत्तर- सृजनशील अराजकता आधुनिक राष्ट्रको सम्पूर्ण रोडम्याप हो । सप्पै क्षेत्रका तर्फबाट यसप्रकारको भूमिका निर्वाह गरियो भने भोली हाम्रा सन्ततिले नयाँ नेपाल पाउनेछन् । आज विद्यमान एकअर्काप्रतिको आक्रोश र प्रतिशोधहरूको समाप्ति हुनेछ । म विशेष नयाा पुस्ताप्रति आशावादी छु । मूल्याङ्कन र महत्व बारे पछि एक दशकपछि मात्रै सोच्ने भनेर यस बेला हाम्रा मान्यताहरूलाई सञ्चारित गर्ने काम पो सोच्दैछु त । आफ्नो कुरा आफैसित सिमित भयो भने पक्कै चामल पनि बिक्दैन । तर, यत्ति चाहिँ भन्छु कि सृजनशील अराजकताको आगमन पश्चात् नेपाली साहित्य र समाज यौटा भिन्दै अर्धमोडमा आइसकेको छ । केही समयमा यसले पूर्णता प्राप्त गर्नेछ भन्ने मलाई लाग्छ । पूर्णतापछि राष्ट्रले मूल्याङ्कन गरोस् नगरोस् त्यो सरोकारको विषय होइन सरोकारको विषय चाहिँ हाम्रा पाठकहरू हुन् । साहित्यिक पाठकले हाम्रो साहित्यलाई स्वीकार गरेको स्थिति नै हाम्रो निम्ति मूल्य हो, महत्व हो । अतः सोचाइ पहिले पनि अहिले पनि असल साहित्य लेखनतिर छ ।

प्रश्न ५) एउटा पाठक जो नेपाल पढ्न चाहन्छ जो नेपाल सुन्न चाहन्छ र जसलाई बुझ्न पनि चाहन्छ लाई तपाइँ कहाँबाट सुरू गरेर व्यक्त्याउनु हुन्छ नेपाल ?

उत्तर- म निश्चय नै हिमालको हिउँ, पहाडको खाप र तराइका फाँटबाट नेपाल सुरू गर्दिना तर अनुपम सास्कृति र परम्परालाई समयको यो पाटासम्म बोकेर ल्याउने यहााका विविध समाजहरूबाट गर्छु । यहाँका रैथानेहरूको विचित्र जीवन र आदर्शहरूको चाङ एकातिर छ भने हिन्दू दर्शनको भव्यता अर्कोतिर छ । तर, हिन्दू दर्शनको प्यास अबको पाठकमा स्वभाविक कम हुन्छ । किनभने मानिससाग जो परिपूर्ण हुन्छ तेसको तलतल लाग्दैन । हाम्रै समाजभित्रका तर आविष्कार नभएका स्थानिय दर्शनहरू अबका पाठकका लागि नयाा नेपाल हो, अर्को नेपाल हो । मैले मात्रै होइन अब सप्पैले अर्को नेपालको खोजी गरौं र पाठकलाई नेपालभित्रका धेरै नेपालहरू पढाऔं, सुनाऔं, बुझाऔं ।

प्रश्न ६) नेपाल, तपाइँ, भाषा, इतिहास अनि तपाइँहरूका सिद्घान्तसाग, राष्टियता र नयाँ पुस्तालाई मनभित्रका घूलनहरूसाग घोल्नुस् अनि प्रष्ट्याउनुस् र बताउनस् को र के थिगि्रए तपाइँको मनमा ?

उत्तर- अघि माथि नै भने झैं लागेको छ कि हामी समन्वयमा र सहअस्तित्वमा विस्वास राख्छौं । यद्यपि, जीवन र जगतमा ताज्य थोक पनि हुन्छन् । तर, समय र फैलावटबाट थोकहरू भएका हुन्छन् । तेही भएर विचारहरू सधैं अस्थिर छन् , यहाँतक कि विज्ञान समेत अस्थिर छ । यो शताब्दीमा थोकलाई हेर्ने धारणाहरूमा अरू तिब्र परिवर्तन भइरहेका छन् । अर्को नेपालको खोजी, आफ्नो खोजी, भाषाको क्षमताको खोजी, इतिहासको विश्वसनियताको खोजी जस्ता धेरै खोज्नेहरू आजको उत्तरआधुनिक अवस्थाले घच्घच्याएको प्रतिफल हो । यसर्थ, नयाँ पुस्ता सधैं आफ्नो अस्तित्वको खोजीमा हुन्छ । यसरी आफूले आफैलाई खोज्दा पूरै संयमता र विवेकले खोज्नु पर्दछ भनेका छौं हामीले । किनभने, लेखकको हातमा कलम नै सुहाउँछ । यस मानेमा असंयमता र विवेकहीनता नै थिगि्रए मनमा ।

प्रश्न ७) आफूलाई र आफ्ना मान्यताहरूलाई पौने तीन करोडका आँखाहरूबाट हेरेर व्यक्तिगत हुनुहोस् ।

उत्तर- व्यष्टि मान्यताहरूको प्रशोधनगृह हो भने समष्टि मान्यताहरूको उत्पादनकेन्द्र । समष्टिबाट व्यष्टिले मान्यता ग्रहण गरिकन प्रक्षेपित मात्रै गर्दछ अथवा व्यवस्थित गर्दछ । पौने तीन करोड आँखाहरू थोरै छन् हाम्रा लागि । हामीले मागेको आँखा साढे चार अरब हुन् । मान्छेले मान्छे हुँ भन्न पाउनु पर्छ । महामानवका, सुपरम्यानका र ईश्वरका धारणा मान्छेमाथि शासन गर्ने काइदा मात्रै हुन् । नेपाली हुँ, भारतीय हुँ, अमेरिकन हुँ, चाइनिज हुँ भन्नु राजनीति हो, साहित्य होइन । तर, नेपाली पनि मान्छे हो भन्नु साहित्य हो । लिम्बू हुँ भन्नु राजनीति हो तर लिम्बू पनि मान्छे हो भन्नु साहित्य । नेपालका आदिबासी जनजातिका जीवन र दर्शन पनि सिङ्गो नेपाली साहित्यको यौटा अंश हो । तीन करोड आँखाहरू कोही ठूला त कोही साना होलान्, कोही खोपिल्टे त कोही पुक्क बाहिरिएका होलान् तर आँखा मान्छेको हो, नेपालीको हो । अबको नेपाली साहित्य यसकारण पनि बहुनायकत्वले अगाडि बढ्नेछ । सृजनशील अराजकताको आग्रहमा आयामिकता, लीलावचन, चक्रीय सोच, रङ्गीय लक्ष्य, मुक्तिबोध सप्पै छ । व्यक्तिगत हुँदा हामीले कहेका छौं- वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्य, नस्लीय बोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णय । छोटो वार्तामा व्याख्या असम्भव छ । हाम्रा दस्तावेजहरू प्रकाशित छन् , बाँकी तिहीं पाउन सकिन्छ ।


Views : 2995 | Date : 0000-00-00
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!