नेपाली युद्धसाहित्य घनीभूत उपस्थिति र सघन हस्तक्षेपको यात्रामा छ-गणेश राई...... - Ganesh Rai

Ganesh Rai
आज भन्दा ५३ वर्ष अघि हाँडीखोला, खोटाङमा जन्मिएका साहित्यकार गणेश राई किशोर अवस्था देखिनै सृजनात्मक कार्यमा रूचि राख्ने गर्दथे । तर उनि उच्चशिक्षा अध्ययन् गर्दागर्दै बृटिश गोर्खा सेनामा भर्ती हुन पुगे । १६ वर्षसम्म पल्टने जीवन बिताएका राईले पल्टनमा कार्यरत रहँदा विभिन्न फुटकर लेखरचनाहरू प्रकासित गरिसकेका छन् भने अवकास पछिको सप्पै समय साहित्य लेखनमा खर्चिएका छन् । थोरै समयमा धेरै गहण साहित्यिक कृतिहरू लेखेर नेपाली साहित्यमा स्थापित लेखक हुन सफल राईले विशेष गरिकन युद्घ साहित्य लेखनमा जोड दिएका छन । हाल लण्डन निवासी राईसंग देवेन्द्र खेरेसले गरेको साहित्यिक सम्वाद......

तपाईको यो अवकास प्राप्त समय त ऐसआराम गर्ने हैन र ? तर तपाई त साहित्य लेखनमा धुरन्धर लागिरहनु भएको छ, तपाईमा सृजना गर्ने शक्ति के छ तेस्तो ?

ऐसआरामी जिन्दगी त्यस्तो ब्यक्तिलाई सायद प्यारो लाग्ला जसलाई समाजप्रतिको जिम्मेवारीभन्दा व्यक्तिगत मोजमस्ति प्रति बढी मोह हुन्छ । जहाँसम्म साहित्य लेखन सम्बन्धी सन्दर्भ छ त्यतातिरको मेरो यात्रा निकै लामो छ यद्यपि बीचमा विविध अप्ठ्याराहरूका कारण लेखन अवरूद्ध भएको मात्र हो । सृजना गर्ने शक्ति त ममा खासै त्यस्तो केही छैन तथापि म र मजस्तैहरूले भोगेका जीवनको साहित्यिक उपस्थिति बौद्धिक तहमा हुनुपर्छ भन्ने मेरो आसय हो । मलाई लेख्न घच्घच्याउने केही कारण छ भने यही हो ।

यौटा साहित्यकर्मी भएर अन्य साहित्यकारले लेख्ने विषय वस्तुहरूमा नलेखेर युद्घ साहित्य लेखनमा जोड दिनुको उदेश्य के हो ?

दुई शताव्दी बढीको योद्धाजीवनको टिपोट निरर्थ खेर गयो । अब त्यस्तो नहोस् भनेर पृथक तर समाजभित्रकै विषयलाई मैले रोजेको हूँ ।

अहिले सैन्य साहित्य भन्दा युद्घ साहित्यको बडि चर्चा छ, यी दुई बिचको फरक पाटाहरू के के हुन् ?

सैन्य र युद्धसाहित्य उस्ताउस्तै हुन्, एकअर्का प्रति अन्योन्याश्रीत । यद्यपि सैन्य युद्धको पूर्वतयारी मात्र हो । युद्धमा जस्तो त्यहाँ जीवन भुटिदैन, मानसिक सन्त्रासले जीवन लास बन्दैन ।

नेपाली साहित्यमा युद्घ साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?

युद्ध साहित्यले आफ्नो उपस्थिति दर्शाएको छ । अन्य साहित्यमा यसको महत्व र प्रभाव हुन्छ भने नेपाली साहित्यमा पनि अवश्य हुनेछ । घनीभूत उपस्थिति र सघन हस्तक्षेपको यात्रामा छ नेपाली युद्धसाहित्य भन्दा अन्यथा नहोला ।

तपाईले बनाएको युद्घ साहित्यको बाटोमा अहिले अन्य थुप्प्रै कवि लेखकहरू पछि लागेको चर्चा छ, यथार्थ के हो ?

मैले बनाएको युद्ध साहित्यको बाटो भनी दाबि गर्नुभन्दा नेपाली साहित्यमा युद्धसाहित्यको परिचय, उपस्थिति र स्थापित गराउने जमर्कोसम्म मैले गरेको हूँ । अन्य लेखक कविहरुको यसै विषय सम्बन्धी  कृति पढ्न पाउनु मेरो निम्ति अहोभाग्य हो ।

विगत केही वर्ष भित्रै चार-चार गहन कृतिहरू लेखेर स्थापित साहित्यकार हुनु भो, के तपाईले स्थापित हुन कै लागि लेखेको त हैन ?

लेखेर स्थापित हुने मोहको स्वार्थले सृजनशिल म पटक्कै बनेको होइन । उद्देश्य के सम्म थियो र हो भने नेपाली समाजले लाहुरे (सैन्य/योद्धाजीवन)ले भोगेको जीवनको विकट पाटो पढ्नु पर्छ र लाहुरेको वास्तविक जीवन बुझ्नु पर्छ भन्ने अभिष्टले लेखिरहेको हूँ ।

पल्टन घरमा साहित्य लेख्ने-पढ्नेहरूलाई सौतेनी आँखाले हेरिन्छ भन्छन्, यसमा तपाईको के अनुभव छ ?

मैले यो भोगेँ । अझ् अघि कस्तो थियो होला, म सहजै कल्पना गर्न सक्छु । अक्षरसितको सम्बन्ध तर अहिले धेरै सहज र सम्भव छ ।

यसो हुनुको कारण  के होला ?

शिक्षाको प्रभाव र अनावश्यक अनुसासनको सुधारले गर्दा हो भन्ने ठान्छु ।

तपाईको सप्पै कृतिहरूको नाम राईफलसगा जोड्नुको अर्थ पाठकहरूले कसरी बुझ्ने ?

सैन्य र योद्धाजीवनको जम्काभेट राइफलसाग हुने हुादा मेरा प्रत्येक कृतिहरुमा राइफलको पुनरावृत्ति हुनुको वास्तविकता सैन्य/युद्धकृति हो भनी पाठकहरुले बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ ।

तपाईको पच्छिल्लो कृति राईफलको मुच्र्छना उपन्यास भरखरै सार्वाजानिक भएको छ, यो उपन्यासले दिन खोजेको सामाजिक सन्देस केहो ?

सन् १९८६ सालमा अमेरिकाको हवाई टापुमा घटेको घटनालाई मिहिन बुझ्न यस कृतिले सघाउछ र सप्पैभन्दा महत्वपूर्ण पक्ष भनेको अधिकांश निर्दोषमाथि जब्बरजस्ति लगाइएको दोषि आरोप गलत थिएछ भन्ने वकालत गर्छ । अन्यायमा परेकालाई व्यक्तिगत न्याय दिएको छ जुन यथार्थसित सोहै्र आना मेल खान्छ ।

राईफलको मुर्च्छना सत्य घट्नामा आधारित उपन्यास हो भनिन्छ, तर पात्रहरू त कथ्य मात्र छन् नि ?

यो कृति खाटि संस्मरणात्मक आलेख नभई आख्यानात्मक लेखन र त्यसमा पनि औपन्यासिक विधागत लेखिनुका कारण सत्य घट्नामा आधारित हुँदाहुँदै पनि कतिपय पात्रहरु कथ्य राखिनु खलपात्रहरुप्रति पर्न सक्ने सामाजिक असरका नकारात्मकताका कारण पनि उनीहरुका नाउँलाई थोरै हेरफेर गरिनु कृतिकारको नाताले मलाई उचित लाग्यो ।

उपन्यासमा उपल्लो दर्जाका  व्यत्तिहरूको निकै खैरो खनिएको छ, के वास्तविकता तेही हो ?

उपल्लो दर्जाका सप्पैको नभई निर्दोषहरुका जीवन बर्बाद पार्न खेलेको केही खलनायकि भूमिकाको साङ्गोपाङ्गो बर्णन गरिएको छ । जसले जुन भूमिका निर्बाह गर्यो त्यो छर्लङ्ग नदेखिए यो कृति लेखिनुको औचित्य पनि त रहदैन ।

तपाई हवाई काण्डमा संलग्न हुनु हुन्न तर घट्नाको यथार्थता उपन्यासमा समेट्न कसरी सम्भव भयो ?

निर्दोष रहदारहदै पनि दोषिको आरोपले आरोपित ब्यक्तिहरुसित सम्पर्क र सम्बादका क्रममा उनीहरुभित्र अदृष्य, अव्यक्त पिडाका ज्वारभाटा आफैमा दबाई सीमित नराखी बाहिर समाजमा निकाल्नु सकियोस् ताकि यो ऐतिहासिक विषयवस्तुहरू गौण नभई समाजले सुसूचित हुने मौका पाओस् । कृतिका एक महत्वपूर्ण पात्र श्रीधनसितको गहिरो सम्बादको परिणाम पनि हो यो कृति ।

राईफलको मुच्र्छना उपन्यासले हवाई काण्डको वास्तविकता कतिको समेटेको छ ?

म आफै यही परिवेशको र घटना घटेको पल्टनकै एक सदस्य स्वयम् आफै परेा । उपलव्ध स्रोत र सामग्रीको तथ्यसित देखा र अदेखा पाटोहरुलाई कथ्यको रोमाञ्चले नसिगारि आख्यानको निर्माण हुदैन । यद्यपि घटना, पात्र, स्थान, पात्रहरुले निर्वाह गरेका भूमिका आदि तथ्यसित एकदम नजिकको सम्बन्ध राख्ने हुनाले कृति वास्तविकताभन्दा पर छैन ।

हवाई काण्डका पिडितहरूले उपन्यास पढेर कस्तो प्रतिकृया व्यक्त गरिरहेका छन ?

जो जतिले पढ्नुभयो उत्साहजनक प्रतिक्रिया मिलेको छ । प्रतिक्रियाहरु अझ पनि आउलान् नै । यो कृतिको लेखनले यौटा गम्भीर कुरोको पटाक्षेप भयो लोकार्पण कार्यक्रममा । एकजना उच्च दर्जाका सैनिक अधिकारिले हवाईकाण्डलाई स्टाफ कलेज स्याण्डहस्र्ट बेलायतमा म्युटिनि अर्थात विद्रोह शिर्षक अन्तरगत पढाइने खुलासा गरे । वास्तवमा यो त्यस्तो थिएन । ब्रिटिसले आफ्नो साख बचाउन गरेको प्रपञ्चमात्र थियो ।

तपाईको आगामी साहित्य लेखन् योजनाहरू.... ?

सैन्य युद्धविषयमा नै लेख्दा मलाई सृजनात्मक उर्जा मिल्छ । यद्यपि अन्य पाटो तिर पनि कलम डोरिनु खोज्दो छ ।


Views : 2649 | Date : 0000-00-00
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!