मैले समय, ठाउँ र परिस्थिति हेरेर २५ हजार देखि १० लाख सम्मको पारिश्रमिक लिने गरेको छु... - Dhiraj Rai

Dhiraj Rai
"नेपाली माईकल भनेको सुन्दा खुशी लाग्छ " धीरज राई 'स्टेज पर्फमेन्स' राम्रो भएका गायक धीरज राईले दर्शक तथा स्रोताहरूबाट 'नेपाली माइकल ज्याक्सन' र 'स्टेज किङ्ग'को उपाधि पाएका छन् । अंग्रेजी साहित्यमा 'मास्टर डिग्री' अनि इन्जिनियरिङमा 'ग्रेज्युएसन' सम्मको अध्ययन पुरा गरेका धीरज गायक मात्र नभएर कलेजको 'लेक्चरर्' अनि 'ओभसियर' पनि हुन् । 'के हो पप संगीत?' र 'पपमा बितेका १५ बर्ष' नामक दुई पुस्तक लेखिसकेका धीरजको 'ओम बिक्रम' नामक डकुमेन्ट्री अमेरिकाको 'कर्नेल युनिभर्सिटि'मा समेत पढाईहुन्छ । उनको नयाँ एल्बम '२० Years’ को सफलतासंगै हालै उनी 'कोईली देवी पुस्कार'बाट समेत पुरस्कृत भएका छन् । बर्षको ६ महिना जति बिदेश भ्रमणमै व्यस्त रहने धीरज राई बौद्धिक गायकका रुपमा पनि चिनिन्छन् । उनीसँग सौरभ श्रेष्ठको विशेष अन्तरवार्ता यहाँ प्रस्तुत छ ।

 कोईलीदेवी पुरस्कार'बाट सम्मानित हुनुहुँदैरहेछ कस्तो लागिरहेको छ ?

अत्यन्त खुशी लागिरहेको छ । पुरस्कारले आफुमा जिम्मेवारी बढेको महशुस भईरहेको छ । यसले स्रोताहरूमाझ'एक्सपेक्टेसन्' बढाइदिएको छ । जसले गर्दा म माथि चुनौति थपिदिएको छ । मेरा फ्यानहरूको मायाले गर्दा नै म आज यहाँसम्म आईपुगेको हुँ । अझ राम्रा राम्रा गीतहरू गाउने प्रयास गर्ने छु ।

 

तपाईको नय़ाँ एल्बम '२० Years को कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

एल्बम अत्यन्त सफल भएको छ । नेपाली सङ्गीतको यस सङक्रमन अवस्थामा पनि सर्वाधिक बिक्रि भएको पप एल्बम बन्न पुगेको छ । जसले मलाई ठूलो प्रोत्साहन मिलेको छ । बिशेष गरि यस एल्बमको 'कि बाँच्न देऊ कि मर्न देऊ' भन्ने गीत स्रोतामाझ अत्यन्त 'पपुलर'   । बिस बर्षको अनुभव संगालेर करिब दुई बर्षको मेहेनत पछि निस्केको एल्बम हो यो जसबाट म अत्यन्त खुशी छु ।

 

तपाईलाई 'स्टेज किङ्ग' 'नेपाली माइकल ज्याक्सन' भनेर पनि चिनिन्छ, कस्तो लाग्छ ?

म माइकल ज्याक्सनको ठुलो फ्यान हुँ । उनले जस्तै 'डान्सिङ र सिङ्गङि'लाई संगै प्रस्तुत शैलीलाई नेपालमा मैले शुरु गरेको हो । पलेटी कसेर गीत गाइने सो समयमा मेरो यो शैलीलाई देखेर केही मानिसहरू छक्क पनि परे । एकजना अग्रज स्रष्टाले त 'कि नाच कि गाउ' भन्न समेत पछि पर्नुभएन । तर अहिले 'स्टेज पर्फमेन्स' एउटा छुट्टै अर्को कला हो भन्ने कुरा दर्शकहरूले बुझिसकेका छन् । म स्टेजमा एकदमै जम्न सक्छु त्यसैले गर्दा सायद वहाँहरूले मलाई नेपाली ज्याक्सनको उपाधि दिनुभएको हो । यो कुरा सुन्दा मलाई खुशी लाग्छ ।

 

तपाई अंग्रेजी बिषयको 'लेक्चरर' अनि 'ओभरसियर'को साथै एउटा व्यवसायिक गायक पनि हुनुहुन्छ । समय कसरी मिलाइरहनु भएकोछ ?     

शुरुका दिनमा संगीतमा मात्र लागेर बाँच्न सकिने स्थिति थिएन । त्यसैले इन्जिनियरिङ कलेजबाट 'ग्रेजुएसन' गरिसकेपछि २०५३ साल देखि ओभरसियरको रूपमा काम गर्न थालें । त्यस्तै अंग्रेजी साहित्यमा 'मास्टर्स डिग्री' पास गरिसकेपछि आफुले प्राप्त गरेको ज्ञान अरुलाई पनि 'सेयर' गरुं भनेर कलेज पढाउन थालेको हुँ । गायन त मेरो पहिलो प्राथमिकता नै हो ।

 

के गीत संगीतमा लागेर बाँच्न सकिन्छ ?

स्टेजमा 'डिमान्ड' भएकाहरूको जीवन अत्यन्त राम्रोसँग चलिरहेको छ । मैले समय, ठाउँ र परिस्थिति हेरेर २५ हजार देखि १० लाख सम्मको पारिश्रमिक लिने गरेको छु । तर त्यसको लागि समय सँगै फरक फरक स्रोताहरूको 'टेष्ट'लाई बुझेर अगाडि बढ्नु 'च्यालेन्जिङ्ग' पनि छ । यसै क्षेत्रमा लागेर मैले काठमाण्डौमा दुइ वटा घर, एउटा गाडी र केही ब्याङ्क ब्यालेन्स जोड्न सकेको छु । तर त्यो भन्दा पनि बढी स्रोताहरूको माया कमाएको छु ।

    

आमा संबिधानविद्, बुबा भाषाविद् तपाईं चाहीं संगीत तर्फ कसरी ?

कानून वा भाषा अध्ययनतर्फ म त्यति आकषिर्त भइन । तर संगीतले भने सानै देखिनै तान्यो । वास्तवमा घरमा 'भावना' 'तर्क'को संधै द्धन्द हुने गर्दछ । म हृदयले बढी चल्न खोज्छु भने बुबा आमाले 'तर्क' 'कारण'बाट चल्ने सल्लाह दिनुहुन्छ । एउटा 'एजुकेटेड फेमिली'मा जन्मन पाएकोमा भने मलाई गर्व लागेकोछ ।

    

संघर्षका दिनहरू कस्ता थिए ?

पहिलो गीत 'लुकि लुकि' रेकर्ड गर्न पैसा थिएन । त्यसैले आफुले लगाएको जुत्ता बेच्नु प-यो । त्यतिले पनि नपुगेपछि आमाले दिनुभएको पकेट खर्च समेत त्यसमा लगाएं । महिनौ सम्म खाजा नखाएको कारणले 'ग्यास्ट्रिक'को बिरामी समेत परें । त्यति मात्र होइन दिउँसो मान्छेहरूले मलाई चिन्ने भएकोले गर्दा राति राति म आफ्नो पोष्टर आफै टाँस्दै हिंड्थे ।

    

केही समय अगाडि एक जना मृगौला रोगीको ज्यान बचाइदिनुभएको कुरा प्रकाशमा आयो यसबारे केही बताइदिनुस् ।

सानोमा अस्पताल जाने खर्च नहुँदा फुपु बित्नु भएको घटनाले मनमा साह्रै ठुलो चोट लाग्यो । कार्यक्रम गर्ने क्रममा दुवै मृगौला बिग्रेका धन कुमार लामासंग भेट भयो । उनलाई देख्दा 'बचाउनु पर्छ' भन्ने मलाई लाग्यो । विभिन्न ठाउँमा कार्यक्रमहरू गरी करिब ५ लाख रुपैयां सङ्कलन भयो र उनको एउटा मृगौला प्रत्यारोपण गर्न सकियो । त्यो दिन नै मेरो जीवनको सबैभन्दा ठूलो खुशीको क्षण हो ।

    

साङ्गीतिक यात्रामा कुनै अविष्मरणिय क्षण ?

नेपाल टुरको सिलसिलामा एक ठाउँमा गीत गाउँदा गाउँदै एक जना महिला फ्यानले स्टेजमा आएर अंगालो हालिन् र म संगै नाँच्न थालिन् । म नराम्रोसंग झस्किंए जब मैलै आफ्नो टि-सर्टमा रगतको छिटाहरू देखें । मैले उनलाई आफुबाट अलग्याएं र के भएछ भनि हेरें । वास्तमा उनले हातमा ब्लेडले मेरो नाम लेखेकी रहिछिन् जहाँबाट आलो रगत बगिरहेको थियो ।

 

आगामी कार्यक्रमहरू के - के छन् ?

स्वदेश तथा विदेशका स्टेज शोहरूमै व्यस्त छु । अनि नय़ाँ एल्बम २० Years’  को 'प्रमोसन'मा लागेको छु ।       

 

           Interviewed by Saurav shrestha exclusively for bagaicha.com


Views : 2810 | Date : 2011-09-26

Comments so far

* No comments so far

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!