भयवाद अध्ययन केन्द्र स्थापना गर्न सोचिरहेको छु - Desh Subba

Desh Subba
म साहित्यमा लागेको त धरानबाटै हो । म पढेको विद्यालय शिक्षा निकेतनबाट निस्किने स्मारिकामा लेख्न थालेको जस्तो लाग्छ । २०४१र४२ सालतिर टुटुल्को हाँस्यब्यंग्य हालको फिल्म निर्देशक किशोर सुब्बा, हाम्रो पुस्तक पसल (थाना अगाडि) को अजनबी मिलेर निकाँल्थे । म पनि सानोतिनो केही लेखेर दिन्थेँ‍...

. तपाई कहिले देखि साहित्यमा लाग्नु भएको हो  ? कुन कुन विद्यामा कलम चलाउन रुचाउनु हुन्छ र ? हाल सम्म के कति लेख्नु भयो र ?

म साहित्यमा लागेको त धरानबाटै हो । म पढेको विद्यालय शिक्षा निकेतनबाट निस्किने स्मारिकामा लेख्न थालेको जस्तो लाग्छ । २०४१र४२ सालतिर टुटुल्को हाँस्यब्यंग्य हालको फिल्म निर्देशक किशोर सुब्बा, हाम्रो पुस्तक पसल (थाना अगाडि) को अजनबी मिलेर निकाँल्थे । म पनि सानोतिनो केही लेखेर दिन्थेँ । २०४० सालतिर शिक्षा निकेतनमै थिएँ । त्यसबेला हामीलाई नेपाली शिक्षक यादव लामिछानेले पढाउनु हुन्थ्यो । मैले एउटा उपन्यासको पाण्डुलिपि तयार पारेको थिएँ । त्यो पाण्डुलिपि यादव गुरुलाई देखाएँ । त्यही पाण्डुलिपि २०४४ सालतिर चावहिलको पशुपति बहुमुखी क्याम्पसमा पढ्दा विजय चालिसे गुरुलाई देखाएँ । उहाँहरूले हौसला दिनुभयो । २०५० सालतरि मात्र 'दोषी कर्म' नामले त्यो छापियो । यस बीचमा मैले फुटकर लेख, रचना लेखेको सम्झना छ ।

हुन त कुनै पनि साहित्यकार साहित्यका सबै विद्या लेख्ने प्रयास गर्छ । ती मध्ये कुनै एकमा सफल हुन सक्छ । मैले केही कविता, केही कथा र उपन्यास लेखेको छु । शुरुमा नजानेर पछि जानेर उपन्यासमा बढी रमाएको छु । हङकङबाट प्रकाशित विभिन्न पत्रपत्रिका, मुखपत्रमा फुटकर रचना लेखिरहेको छु । मेरा हालसम्म दोषी कर्म २०५०, अपमान पहिलो सँस्कार २०५२, शहिद २०५६, अपमान दोस्रो सँस्करण २०६०, आदिवासी २०६४ उपन्यासहरू प्रकाशित छन् ।

. तपाईको लेखनमा आदिवासी जनजातिका पात्र बढी छन्, के सावित गर्न खोज्नु भएको हो र ?

साहित्य लेखन आफू र आफ्नो वरिपरिको परिवेशलाई कल्पना र श्रृंगारले गुँ दने कला हो । यसमा आफूले बिताएको, खेलाएको बाल्यकाल घनिष्ट हुन्छ । म आदिवासी जनजाति भएकोले मेरो लेखनमा त्यसको सुगन्ध आउनु प्राकृतिकता हो । गैर आदिवासी जनजातिको लेखनमा उसैको सुगन्ध आउँछ । त्यहाँ क्रस गर्न खोजियो भने मौलिकता हराएर कृत्रिमता भरिन्छ । त्यसले साहित्यको जीवन भर्दैन । लाग्दछ नोष्टलजिया शब्दले यही बढी खोतल्छ । धेरै अगाडि अमेरिका र बेलायत गएका भारतीय मूलका अंग्रेजी लेखकहरूलाई यसैले बढी खोतलिरहेको थियो र छ । उनीहरू आफ्नो जाति, परिवेश, बाल्यकाल लेखिरहेका छन् । मेरो उपन्यासमा आदिवासी पात्र बढी आउनुको एउटा कारण यो हो भने अर्को कारण नेपाली साहित्यमा आदिवासी पात्रहरू सधैँ सिमान्तमा थिए । उनीहरूलाई साहित्यको मञ्चमा ल्याएर चलायमान बनाउन खोजेको हुँ ।

३. भयवाद कसरी प्रतिपादित गर्नु भयो रु कुन दर्शन वा वादबाट प्रभावित हुनु भयो र? वास्तवमा भयवाद के हो रु सरल भाषामा यो कस्तो दर्शन हो रु भौतिकवादी या अध्यात्मीक र ?

वाद, सिद्धान्त एकैपटकमा प्रतिपादन गर्छुनेर नहुँदोरहेछ । यो ज्ञान वा शब्दबाट फैलिएर गएको प्रकाश हुँदोरहेछ । अथवा यो ज्ञान, प्रकाश यही हुन्छ प्रकट मात्र भएको हुँदैन । यो अँध्यारोमा हुन्छ, चेपमा हुन्छ, छेकिएको हुन्छ, छोपिएको हुन्छ, जसरी सर्वनाम गर्दा पनि हुन्छ । यसलाई म प्रकट भनिरहेको छु । यो एउटा बिन्दु हुन्छ र फैलिन्दै जान्छ । दुःख, सुख, मय, अस्तित्व, विसँगति, आस्था, अनास्था, भौतिक, अभौतिकवादहरू यसरी नै आएका हुन् । यसले मान्छेलाई प्रभाव पार्दै जान्छ र फैलिन्दै जान्छ । समयसँगै रुपान्तरित पनि हुँदै जान्छ । भयवाद पनि यस्तै एउटा बिन्दूबाट आएको हो । मसित एउटा उपन्यासको पाण्डुलिपि थियो २०५६ सालतिर । त्यो उपन्यास अझै प्रकाशित भएको छैन । त्यो पाण्डुलिपि छलफलको लागि साथीहरूलाई अध्ययन गर्न दिएँ । त्यो पाण्डुलिपिमा भयवादशब्द परेको रहेछ । त्यसलाई कवि शरण सुब्बाजीले रातो कलमले अण्डर लाइन गरेर दिनु भयो । पछि त्यो पल्टाएर हेरेँ । मलाई त्यो मेरै शब्द गतिलो लाग्यो र यो राम्रो विचार हुन सक्छ ठानेँ । यो दृष्टिकोणबाट संसारलाई हेर्दा संसार भयमय देखेँ । साथीहरूसित विमर्श गरेँ । धेरै साथीहरूले समर्थन गर्नुभयो र म यसलाई विकास गर्न तिर लागेँ । यो कुन दर्शनबाट प्रभावित भएको छ कसरी भनौँ । प्रभावित कै कुरा गर्ने हो भने जीवन दर्शनबाट प्रभावित होला । किनभने यसले जीवन मात्र देख्छ । जीवनलाई पार लगाउने कुरा मात्र सोच्छ । यो सरल भाषामा जीवनसँग नजिकको दर्शन हो । यसलाई यसरी बुझदा सजिलो होला-जीवन-चेतना-ज्ञान-भय-भयवाद अर्थात सबै जीवित प्राणीमा चेतना हुन्छ, त्यो चेतनाले विभिन्न विषयको बारेमा ज्ञान (रोग, भोक, शंका, चिन्ता, समस्या, हत्या, आतङ्क, युद्ध, षडयन्त्र, सम्पत्ति, जीवन, मृत्यु, धर्म, विस्वास इत्यादि) दिन्छ, त्यही ज्ञानले ऊ भयभीत हुन्छ र त्यो भयबाट निस्किने उपायको अवलम्बन गर्छ । यही नै भयवाद हो । जीवन र जगतलाई हेर्ने भौतिकवाद र अध्यात्मवाद मात्र भए यो अध्यात्मवादको नजिक जाला । जीवन र जगतलाई हेर्ने दृष्टिकोण दुइटा मात्र छैन, दृष्टिकोणको जंगलैजंगल छ । भयवाद भन्ने बित्तिकै मनोविज्ञानसँग नजिक हुन आउँछ । तर यो विभिन्न सिद्धान्त, वाद, धर्म, विज्ञान, कला, नृतत्व शास्त्र सबैबाट अलिअलि लिएर आएको छ । यो आफ्नै सिद्धान्त भयवाद मा परिचय बनाउन खोजिरहेको छ यसबेला ।

. हङकङ के काम कसरी किन गर्दै हुनु हुन्छ र रोजगारीको शीलशिलामा रहेर पनि कसरी साहित्य सिर्जना गर्नु हुन्छ र ? कमाएको पैसा साहित्यमा कति प्रतिशत खर्च गर्नु हुन्छ र ?

मैले गरिरहेको कामलाई ठेट नेपालीमा चौकिदार, सुरक्षा गार्ड वा पाले भन्छन् । यहाँ अग्लो र धेरै घरहरूलाई हेर्न एउटा समिति हुन्छ, त्यो समितिले व्यवस्थापन नियुक्त गर्दछ । त्यही व्यवस्थापन अन्तर्गत सुरक्षा गार्ड पर्दछ । म अहिले यसैमा कार्यरत छु । यहाँ समय अपुग हुन्छ, त्यसैले कतिपय पसलहरू २४ सै घण्टा खुल्छन् । हामीले समय चोर्नुपर्छ यहाँ । भन्नुको तात्पर्य ६ घण्टा सुत्ने समय हुन्छ भने ५ घण्टा मात्र सुतेर आफ्नो व्यक्तिगत पढ्ने, लेख्ने, घुम्ने काम गर्नुपर्छ । म अहिले सुताइ छोटयाएर भयवाद गरिरहेको छु । होइन भने केही गर्न सकिन्दैन, कामले खान्छे मान्छेलाई यहाँ । कामले खाएको मान्छेले अपवाद बाहेक केही गर्न चाहान्दैनन्, गर्न सक्दैनन् । हङकङमै साहित्य र दर्शन रुग्न अवस्थामा हुनुको प्रमुख यही कारण हो ।

कमाएको पैसा यति नै प्रतिशत साहित्यमा खर्च भन्ने आँगडा छैन । यहाँ आम्दानी र खर्चको हिसाबमिलान गर्न नै गाह्रो हुन्छ । किनभने निश्चितता भन्दा अनिश्चितता बढी छ । तर पनि साहित्यमा नलाग्ने भन्दा बढी नै खर्च गरिरहेको छु जस्तो लाग्छ ।

. हङकङमा तपाईको दैनिकी कसरी वित्छ  ? कहिले सम्म हङकङ बस्ने र ?

मैले रातीको काम गरेको करिब नियमित चार वर्ष हुन लाग्यो । रातीको काम गर्ने मान्छे दिनभरि सुत्ने चलन छ । शरीर थाक्छ आरामको सक्त जरुरत पर्छ । कामको समय १२ घण्टा, आउनुजानु ३ घण्टा, खानुपिउनु, कम्प्युटर, टिभी, ३ मुस्किलले ६ घण्टा बाँकी रहन्छ । त्यसैमा सुत्ने र बाँकी काम गर्ने हो । मेरो दिन यसरी नै बितिरहेको छ । समय अलि बचेको बेला लेख्ने, पढ्ने काम अलि बढी हुन्छ । बिदाको दिन साथीभाइसित भेटघाट, परिवारलाई समय, साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । डायास्पोराको जीवनले जहिलेपनि आफू जन्मेका हुर्केको ठाउँ जान खोज्दाखोज्दै बित्छ । यही परिवार बन्छ, साथीभाइ बन्छन्, समाज बन्छ, संसार बन्छ, तर मन चाहिँ जहिलेपनि हिँडन् खोजिरहेको हुन्छ । कहिलेसम्म बस्ने भन्ने टुङ्गो छैन । परिस्थिति मिले रिटायर्ड लाइफ धरानमै बिताउने सोच्दैछु ।

. विदेशमा बसेर पनि नेपाली साहित्य त्यसमा पनि आदिवासी साहित्यमा लाग्नु भएको छ, नेपालीहरुले कसरी मुल्याङ्न गरिदिओस जस्तो लाग्छ र ?

आदिवासी साहित्य भनेको आफू जन्मेको, हुर्केको, भोगेको साहित्य हो । त्यसलाई छोडेर साहित्य हुनै सक्दैन । म साहित्यमा कल्पना मात्र गरिरहेको छुइनँ, यथार्थ र समसामायिक साहित्य गरिरहेको छु । हिजो एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक पर्व, केन्द्रियता र राजतन्त्र थियो, त्यसको विरुद्धमा समावेशी, संघिय व्यवस्था हुनुपर्छ भनेर ूअपमानू मा काम गरेँ । आज देश संघिय, गणतन्त्र र समावेशीमा आइपुगेको छ । नेपाल एउटा फूलबारी हो सबै जात, धर्म, सँस्कृति र रंगको फूलले यहाँ फुल्न पाउनुपर्छ भनेर गतसाल प्रकाशित ूआदिवासी उपन्यासूमा काम गरेँ । भयवादले परबाट यी सबै गतिविधिहरूको मूल्याङ्कन गरिरहेको छ । मेरो मूल्याङ्कन यी फूलहरूमा गरिदिओस भन्ने लाग्छ ।

७. भयवादलाई स्थापित गर्न तपाई आगामी योजनाहरु के के छन् र ?

भयवादलाई स्थापित गर्न यस सम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेको छु । यस वादमा सहमत राख्ने साथीहरूसित सम्पर्क बढिरहेको छ । धरानमा भएको राष्ट्रिय बहसले मलाई अझै खुला बनाएको छ । भयवादको अध्ययन, अनुसन्धान र लेखन विकासको लागि समूह बनाउन खोजिरहेको छु । पुस्तक लेख्ने प्रयास जारी छ । सबैलाई सर्वसुलभ ढंगबाट हेर्न, सुन्न र पढ्न पाउने गरी एउटा भयवादिय सूचनाको केन्द्र, केन्द्रिय पुस्तकालयको रुपमा डब्ल्यु डब्ल्य डब्ल्य डट फेरिज्म डट ब्लगस्पट डट कम को विकास गरिरहेको छु । यसमा भयवाद सम्बन्धी लेखिएका, बोलिएका, प्रतिक्रिया, अन्तरवार्ता, लेख, साहित्य, भिडियो रेकर्ड, फोटोहरू सबै अपलोट गर्दै आएको छु । धरानमा एउटा अध्ययन केन्द्र, पाठशाला बनाउने विचार छ । यसले नियमित साहित्यिक भेटघाट गराउँछ । साहित्यिक भेटघाट नियमित भयो भने साहित्य र विचारको विकास हुन्छ भन्ने लागिरहेको छ । यी सबै गर्नलाई कोषको आवश्यकता पर्छ । त्यसको लागि कोष जुटाउने प्रयासमा म लगायत साथीहरू लागिरहेका छौँ । केही कोष जुटेपछि भयवादको गतिविधि सुचारु हुन्छ भन्ने आशा छ ।

. धरानमा कति बसेर हङ्कङ छिर्नु भयो र ?

म धरानमै जन्मे, हुर्के र बढेको मान्छे हुँ । मैले कतैबाट आएर धरानलाई ट्रान्जिट बनाएको होइन । म एक्काइस वर्षो उमेरमा धरान छोडेर जिजिभीषाको लागि काठमाण्डौँतिर भौँतारिएको हुँ । काठमाण्डौँमा एघार वर्षति रोजगारी, अध्ययन गरेँर अहिले हङकङ आइपुगेको पनि एक दशक नाघेको छ । अहिले अर्ध वृतमा छु । एउटा वृत बन्न लागेको छ । वृत पूरा भएको दिन तन्नेरी वैश लिएर हिँडेको युवक वृद्ध मान्छेको रुपमा सायद धरानमा हुन्छु होला ।


Views : 2187 | Date : 0000-00-00

Comments so far

* No comments so far

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!